दार्चुला । आर्थिक वर्ष २०७९÷८० का लागि संघीय सरकारबाट दार्चुलाका नौँ वटै स्थानीय तहहरूले तीन अर्ब १६ करोड १३ लाख बजेट पाउने भएका छन् । दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुलामा सवैभन्दा धेरै बजेट जिल्ला सदरमुकाममा रहेको महाकाली नगरपालिकाले पाएको छ भने सबैभन्दा कम अपिहिमाल गाउँपालिकाले पाएको छ । महाकाली नगरपालिकाले ४५ करोड ५८ लाख बजेट प्राप्त गरेको गर्दा अपिहिमाल गाउँपालिकाले २२ करोड ८१ लाख बजेट प्राप्त गरेको हो । महाकालीले समानिकरण अनुदान १४ करोड ७५ लाख, सर्शत अनुदान २७ करोड ४३ लाख, समपुरक अनुदान एक करोड ४० लाख र विशेष अनुदान दुई करोड पाएको छ । अपिहिमाल गाउँपालिकाले समानिकरण अनुदान आठ करोड नौँ लाख, सर्शत अनुदान १० करोड ७२ लाख, समपुरक अनुदान ५० लाख र विशेष अनुदान तीन करोड ५० लाख प्राप्त गरेको छ ।

शैल्यशिखर नगरपालिकाले ४४ करोड ८८ लाख बजेट पाएको छ । शैल्यशिखरमा समानिकरण अनुदान तर्फ १४ करोड ५२ लाख, सर्शत अनुदान २७ करोड ५६ लाख, समपुरक अनुदान ८० लाख र विशेष अनुदान दुई करोड रहेको छ । मार्मा गाउँपालिकाले जम्मा ३५ करोड ११ लाख बजेट पाएको छ । मार्मामा समानिकरण अनुदान ११ करोड ५९ लाख, सशर्त अनुदान १६ करोड ५८ लाख, समपुरक ७० लाख र विशेष अनुदानतर्फ छ करोड २४ लाख रहेको छ । नौगाड गाउँपालिकाले ३२ करोड २३ लाख बजेट पाएको छ । जसमध्ये समानिकरण अनुदान तर्फ ११ करोड ६६ लाख, सशर्त अनुदान १७ करोड सात लाख, समपुरक अनुदान दुई करोड र विशेष अनुदानतर्फ एक करोड ५० लाख बजेट रहेको छ ।

लेकम गाउँपालिकाले ३५ करोड ३० लाख बजेट पाएको छ । जसमध्ये समानिकरण अनुदान ११ करोड ५७ लाख, सशर्त अनुदान २१ करोड १३ लाख, समपुरक अनुदान एक करोड २० लाख र विशेष अनुदान एक करोड ४० लाख रहेको छ । वडा संख्याको आधारमा सवैभन्दा ठुलो मालिकार्जुन गाउँपालिकाले ४० करोड ८८ लाख बजेट पाएको छ । जसमा समानिकरण अनुदान १२ करोड चार लाख, सशर्त अनुदान २३ करोड १४ लाख, समपुरक अनुदान दुई करोड र विशेष अनुदानतर्फ तीन करोड ७० लाख बजेट पाएको छ । दुँहु गाउँपालिकाले २६ करोड ९१ लाख बजेट पाएको छ । जसमध्ये समानीकरण अनुदानतर्फ नौँ करोड ९२ लाख, सशर्त अनुदान १३ करोड ९९ लाख, समपुरक अनुदान ८० लाख र विशेष अनुदान दुई करोड रहेको छ । त्रिदेशिय सिमाक्षेत्रमा रहेको व्यास गाउँपालिकाले ३२ करोड ४३ लाख बजेट पाएको छ । जसमध्ये समानिकरण अनुदानतर्फ नौँ करोड ६८ लाख, सशर्त अनुदानतर्फ १५ करोड ५५ लाख, समपुरक अनुदान तीन करोड ४० लाख र विशेष अनुदान तीन करोड ८० लाख बजेट प्राप्त गरेको छ ।

स्थानीय तहले पाउने विभिन्न चार अनुदान मध्ये विशेष अनुदानतर्फ नगरपालिका भन्दा पनि मार्मा गाउँपालिकाले बढि बजेट पाएको छ । विशेष अनुदानमा मार्मा गाउँपालिकाले सवैभन्दा धेरै छ करोड २४ लाख बजेट पाउने भएको छ भने सवैभन्दा कम लेकम गाउँपालिकाले एक करोड ४० लाख पाएको छ । लोकदर्पणबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय