बैतडी । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा कोरोना संक्रमण देखिएन थालेको छ । आज यहाँ एकजनामा कोरोना संक्रमण देखा परेको छ । गत २४ घण्टामा २१६ जनाको परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालयका अनुसार गौरीफन्टा नाकाबाट स्वदेश आइरहेका कैलालीका एक व्यक्तिमा संक्रमण देखिएको छ । नाकामै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । जेठ ३ गतेपछि १८ दिनपछि यो प्रदेशमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ । यस्तै भारतसँग सीमा जोडिएका नाकामा सतर्कता अपनाइएको छ । सतर्कताअनुरूप सीमा नाकामा हाल पनि परीक्षण जारी छ । यो प्रदेशका गड्डाचौकी, गौरीफन्टा, झुलाघाट र पुलघाट नाकामा कोरोना परीक्षण जारी छ ।
सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिने सबैको एन्टीजेन विधिमार्फत कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। भारतमा अझै पनि संक्रमित भेटिइरहेका र नेपालमा जोखिम हुनसक्ने भएकाले सीमामै परीक्षण जारी राखिएको भट्टको भनाइ छ । सुदूरपश्चिममा हालसम्म ५ लाख ४१ हजार ९०७ जनाको कोरोना परीक्षण गरिएकोमा ५९ हजार ६४७ जनामा संक्रमण देखिएको छ । सङ्क्रमणका कारण हालसम्म ६३३ जनाको ज्यान गइसकेको छ । आज यहाँ एकजनामा कोरोना संक्रमण देखा परेको छ । गत २४ घण्टामा २१६ जनाको परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालयका अनुसार गौरीफन्टा नाकाबाट स्वदेश आइरहेका कैलालीका एक व्यक्तिमा संक्रमण देखिएको छ । नाकामै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । जेठ ३ गतेपछि १८ दिनपछि यो प्रदेशमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ । भारतसँग सीमा जोडिएका नाकामा सतर्कता अपनाइएको छ । सतर्कताअनुरूप सीमा नाकामा हाल पनि परीक्षण जारी छ । यो प्रदेशका गड्डाचौकी, गौरीफन्टा, झुलाघाट र पुलघाट नाकामा कोरोना परीक्षण जारी छ ।
सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिने सबैको एन्टीजेन विधिमार्फत कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। भारतमा अझै पनि संक्रमित भेटिइरहेका र नेपालमा जोखिम हुनसक्ने भएकाले सीमामै परीक्षण जारी राखिएको भट्टको भनाइ छ ।
यसैबीच सुदूरपश्चिममा हालसम्म ५ लाख ४१ हजार ९०७ जनाको कोरोना परीक्षण गरिएकोमा ५९ हजार ६४७ जनामा संक्रमण देखिएको छ । सङ्क्रमणका कारण हालसम्म ६३३ जनाको ज्यान गइसकेको छ । थाहाखबरबाट
