काठमाण्डौ । यूईएफए नेसन्स लिग फुटबलमा इङ्ग्ल्यान्ड हङ्गेरीसँग पराजित भएको छ । गएराति हङ्गेरीको बुडापेष्टमा भएको समूह ‘ए’ ३ को खेलमा इङ्ग्ल्यान्ड हङ्गेरीसँग १–० गोलले पराजित भएको हो ।

हङ्गेरीका डोमिनिक सोबोस्लियाले खेलको ६६औँ मिनेटमा पेनाल्टीमा गरेको गोल नै निर्णायक भयो । हङ्गेरीले १९६२ पछि पहिलो पटक इङ्ग्ल्यान्डलाई हराएको हो ।

जितसँगै हङ्गेरी पहिलो खेलमा ३ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । पराजित इङ्ल्यान्ड पुछारमा छ । उज्यालोबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय