काठमाण्डौँ । स्पेनिस टेनिस खेलाडी राफायल नाडालले १४ औँ पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । पेरिसमा भएको फाइनल खेलमा ३६ वर्षका नाडालले नर्वेका कास्पर रुडलाई हराउँदै उपाधि जितेका हुन् । उनले रुडलाई ६–३, ६–३ र ६–० को सेटमा पराजित गरे । यो जितसँगै नाडाल २२ औँ पटक एकल ग्रान्डस्लाम टेनिसको उपाधि जित्ने खेलाडीसमेत बनेका छन् ।

रोजर फेडेरर र नोभाक जोकोभिकले २०–२० ग्राण्डस्लाम जितेका छन् । नाडालले आफूले हरेक खेल खेल्दा अन्तिम खेलको रुपमा लिने गरेको बताएका छन् । उनले ३६ वर्षको उमेरमा यो उपाधि जित्नेबारे आफूले कहिल्यै नसोचेको पनि बताएका छन् । उज्यालोबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय