दार्चुला । दार्चुलाको गोकुलेश्वरमा एक माथि बलात्कार भएको छ । ज्वरो आएर उपचार गर्न गोकुलेश्वर अस्पताल गएको बेला भदैनीको घरमा बास बसेकोमा एकल महिलामाथि बलात्कार भएको खुलेको छ । आरोपमा दुई जना पक्राउ परेका छन् । प्रकाउ पर्नेमा शैल्यशिखर नगरपालिका–वडा नं.९ बस्कोटका ३३ वर्षिय रमेशसिंह साउँद र लेकम गाँउपालिका–४ का ४५ वर्षिय हरिसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
साउँदले मध्यराति १२ बजे करणी गरेको महिलाले बयान दिएको बताईएको छ ।

