डडेल्धुरा । डडेल्धुराको सानो गाउँ भावर बस्ने पशुपतिका श्रीमान् रबिन विक रोजगारीको शिलशिलामा भारत गएका थिए । त्यहि समयबाट उहाँको सम्बन्ध रबिनका भाई गणेश विकसँग रहको थियो । त्यो कुरा एक कान दुई कान हुँदै गाउँभरी फैलियो । उहाँरुको सम्बन्ध श्रीमानले पनि थाहा पाए । आलिताल गाउँपालिका–५ मा भावरका गाउँलेले त्यो कुरा मिलाउन प्रयास गरे ।

करिब २ महिनाअघि श्रीमान् पनि गाउँ फर्किसकेको अवस्थामा वडा सदस्यको रहोबरमा देवर–भाउजूले आफ्नो अनैतिक सम्बन्ध त्याग्ने सम्झौता गरेका थिए । अब आइन्दा सम्बन्ध नराख्ने भनेर कागज नै भएको एक वडासदस्यले बताएका छन् । तर, सजिलै सम्बन्ध त्याग्न नसकेपछि देवर गणेशले आफूहरुको सम्बन्ध जोगाइदिन भन्दै प्रहरी चौकी आलिताललाई समेत गुहारेका थिए । त्यो प्रयास असफल भएपछि आइतबार राति पशुपति र गणेश विक गाउँबाट भागेका थिए। त्यसपछि पती रबिनले उनीहरुको खोजी गरिदिन सोमबार बिहानै प्रहरीमा निवेदन दिएका थिए।

खोजी गर्ने क्रममा उनीहरुको शव वडा नम्बर ३ र ५ को सीमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनको एक रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो। उनीहरु रुखमा प्लास्टिकको डोरीले झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडूले जानकारी दिनुभयो । दिनेशखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय