दार्चुला । कृषि ज्ञान केन्द्र दार्चुलाले जिल्लाभित्रका कृषकहरुलाई फलफूलका बिरुवा वितरण गरिरहेको छ । कृषकहरुको आयआर्जनमा वृद्धि गराउने उद्देश्यले ८५ प्रतिशत अनुदानमा विभिन्न जातका फलफूलका बिरुवाहरु वितरण गर्न थालेको हो ।

ज्ञान केन्द्र दार्चुलाको ८५ प्रतिशत अनुदान र कृषकको १५ प्रतिशत लगानीमा बिरुवा उपलब्ध गराईरहेको कृषि बिकाश अधिकृत प्रकाश पन्तले जानकारी दिए । जिल्लाका कृषकहरुको मागको आधारमा नेपाल सरकारको स्वामित्वमा रहेको नुवाकोटको त्रिशुली फामबाट उन्नत जातका बोट बिरुवाहरु माग गरि बितरण गरीन लागेको कार्यालय प्रमुख पन्तले वताए ।

उनका अनुसार ३१ सय बोट लिचि, ५ हजार बोट मेकाडेनिपानट, ५ हजार सुन कागती, ५ सय आँपका बोट, १ सय लहरे आँप, ४ सय बोट रानीबेल, र २ सय ड्रेकनफलका बिरुवाहरु वितरण गर्न लागिएको छ ।

वीहिबार (आज) जिल्लाको शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिकाको पस्ति र महाकाली नगरपालिकाको दत्तुमा फलफुलका बिरुवाहरु वितरण गरिएका छन ।

शुक्रबार अर्थात (भोली) देखी कार्यालमा कृषकहरुले माग गरे अनुसारको बिरुवा पाउने पन्तले जानकारी दिए । कृषकहरुको माग बढी भए जिल्लाको मार्मा क्षेत्र र दुहँ, ब्याँस क्षेत्रको लागि गाडी समेत पठाईने उनले वताए । यसरी वितरण गरिने फलफूलका बिरुवाहरुमा सबै उन्नतजातको रहेको र छिट्टै उत्पादन दिने कार्यालयको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय