काठमाडौँ । सेयरबजार आज १२.५७ अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले बढेर १९७८.९४ विन्दुमा पुगेको छ। सेन्सिटिभ सूचक पनि २.९३ अंकले बढेको छ। आज २२१ कम्पनीको सेयर किनबेच भएको छ। २५ हजार ५ सय ८५ पटकको खरिदबिक्रीमा १ अर्ब १८ करोडको कारोबार भएको हो।

दिनभरिमा ३५ लाख ९४ हजार कित्ता बिक्री भएको नेप्सेले जनाएको छ। आज लगानी समूहबाहेक बाँकी उपसूचक हरियो छन्। आजको कारोबारमा १३७ कम्पनीको सेयर बढेको छ। त्यस्तै ४५ कम्पनीको घट्दा १२ वटाको उही मूल्य कायम छ।नेप्सेका अनुसार आज तीन कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन्। आँधिखोला लघुवित्त, रिभर फल्स पावर लिमिटेड र सामुदायिक लघुवित्तको सेयर १० प्रतिशतले बढेको हो।

त्यस्तै आज गुमाउने लगानीकर्ताले ३.८० प्रतिशतसम्म गुमाएका छन्। सर्वाधिक कारोबारमा नेपाल टेलिकमले सबैलाई उछिनेको छ। कम्पनीको १३ करोडको सेयर किनबेच भएको हो। त्यस्तै एनसीसी बैंकको पनि १० करोडको सेयर कारोबार भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय