काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाण र कानुनीमन्त्री गोविन्द कोइरालाले भेट गरेका छन्। शुक्रबार दिउँसो बालकोट पुगेर दुई मन्त्रीले ओलीसँग भेट गरेका हुन्।

खाणनिकट स्रोतका अनुसार नागरिकता विधेयकमा सहमति जनाउन दुई मन्त्रीले एमाले अध्यक्ष ओलीलाई भेटेका हुन्। सरकारले मधेशी जनताको लागि समस्यामा रहेको नागरिकताको विषय समाधान गर्नेगरी नागकिरता विधेयक ल्याएको छ तर, दलहरुबीच सहमति नजुटेकोले सो विधेयक संसदमै अड्किएको छ। नागरिकता विधेयक पास गर्न दुई तिहाइ जनमत आवश्यक पर्ने भएकोले सरकारले प्रमुख प्रतिपक्षी दल एमालेको साथ खोजेको हो। नेपालखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय