दार्चुला । जिल्लामा गण स्थापना गरेर बसेको नेपाली सेनाको विकास निर्माण कार्यदल गण–२ ले सदरमुकाम खलंगामा रहेको मालिकार्जुन मन्दिर परिसरमा विद्याकी देवी माता सरस्वतीको मन्दिर निर्माण गरी उद्घाटन गरेको छ । याहाका अभिभावक र विद्यार्थीहरुले स्कुल जाँदा विद्याकी देवी माता सरस्वतीको दर्शन र भक्ती गरुन भन्ने उद्देश्यका साथ मन्दिर परिसरमा सरस्वती माताको मुर्ती सहितको मन्दिर निर्माण गरिएको नेपाली सेनाको विकास निर्माण कार्यदल गण–२ गणका गणपति रमेश गुरुङ्गले जानकारी दिनुभयो । जिल्लाका विभिन्न विद्यालयहरुमा सरस्वतीको मन्दिर स्थापना गरेको भएपनि बाहिर सार्वजनिक स्थलमा कहि नभएका कारण नेपाली सेनाले मन्दिर परिसरमा देवी सरस्वतीको मन्दिर स्थापना गरेको उहाले बताउनुभयो ।
मन्दिरको गणपति गुरुङ्गले पुजापाठ गरी उद्घाटन गर्नु भएको छ । विकास निर्माण कार्यदल गण–२ को आन्तरिक स्रोत साधनबाट विद्याकी देवी माता सरस्वतीको मन्दिर स्थापना गरिएको उहाको भनाई छ । मन्दिर परिसरको बाटो भएर सबेरै विद्यालय जाने नानी बाबुहरुले पुजा गरेर जाउन भन्ने भक्तीभाव सहित विद्याकी देवी माता सरस्वतीको मन्दिर स्थापना गरिएको गणपति गुरुङ्गले बताउनुभयो । मन्दिर परिसरको ठुलो ढुंगा माथी सरस्वती माताको मन्दिर स्थापना गरिएको छ । विकास निर्माण कार्यदल गणले दार्चुला तिंकर सडकको निर्माणका साथ साथै बेला–बेला अन्य सामाजिक कार्यहरु समेत गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय