दार्चुला, भदौ १५ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाले २२ गते देखी वडा अधिवेशन गर्ने निर्णय गरेको छ । आइतबार राती भएको अविरल वर्षाका कारण जिल्लाको दुहुँ गाउँपालिकामा ठुलो जनधनको क्षति भएको तथा आवत जावत गर्न बाटोघाटो समेत नभएको अवस्थालाई मध्यनजर गर्दै १८ गते गर्ने भनिएको वडा अधिवेशन ५ दिन पर सारी भदौ २२ गते गर्न केन्द्रीय निर्वाचन समितिलाई पत्राचार गर्ने निर्णय गरिएको जिल्ला कार्यसमिति सचिव गोर्वधन कोलीले जानकारी दिए ।
बैठकले दुहुँ गाउँपालिकाका बाढी पहिरो पिडितलाई तत्काल राहात र पुर्नःस्थापना गर्नका लागी सरकारलाई ध्यानाकर्षण गर्ने निर्णय गरेको उनले वताए । यस्तै सातौ जिल्ला अधिवेशन सफल पार्न मुल आयोजक समिति, उपसमिति, आर्थिक समिति लगायतका विभिन्न समितिहरु गठन गर्ने प्रक्रिया समेत अघि बढेको उनको भनाई छ ।
जिल्लाका नौ वटै स्थानिय तहका ६१ वटै वडामा वडा अधिवेशन गर्ने तयारी तिब्र पारीएको बताइएको छ । वडा अधिवेशनबाट १ जना सभापति सहित १५ जना सदस्य वडा समिति चयन हुने उनले वताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय