दार्चुला । बुधबार सम्पन्न जिल्ला भलिबल संघ दार्चुलाको अधिबेशनले अध्यक्षमा प्रेम सिह ऐरी चयन गरेको छ । यो संगै ऐरीलाई जिल्ला अध्यक्षमा पुन चयन गरेको हो ।यस्तै संघको उपाध्यक्षमा सुरेस सिह धामी र भोजराज जोशीलाइ चयन गरेको छ ।  महासचिवमा  दिनेश निरौला, कोषाध्यक्षमा विरदेब भट्ट चयन भएका छन् ।
सदस्यहरु महिला तर्फ अनिता धामी फ्लोरेन्स ठगुन्ना र गोमती जोशी पुरुष तर्फ गगन सिह धामी , प्रेम सिह धामी रहेका छन ।दार्चुला जिल्ला भलिबल संघका  अध्यक्ष प्रेम सिह ऐरीको अध्यक्षता  तथा  नेपाल भलिबल संघका केन्द्रिय सदस्य केन्द्रीय  प्रतिनिधि गणेश सिंह ठगुन्नाको प्रमुख आर्थित्यतामा एवम  जिल्ला खेलकुद विकास समिति दार्चुलाका कार्यालय प्रमुख श्यामराज अवस्थीको  रहोबरमा समितिको पुनर्गठन गरिएको उपाध्यक्ष भोजराज जोशीले जानकारी दिए ।  जिल्ला खेलकुद बिकास समितिले दुई जना सदस्य मनोनित गर्न बाँकि छ ।
असार १२ गते प्रदेश समिति चयन हुने बताइएको छ । यसैविच बुधबार बसेको पहिलो बैठकले प्रदेश समिति गठनकालागि पनि जिल्लाबाट दुई जना प्रतिनिधि  खटाउने निर्णय समेत गरेको छ। जसमा भोजराज जोशी र सुरेश सिह धामीलाई पठाउने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय