दार्चुला । नेपाल टेलिकमको अप्टिकल फाइबरमा समस्या आउदा टेलिफोन सेवा अबरुद्ध भएको छ । बैतडी जिल्लाको बितरपाखा स्थित अप्टिकलमा समस्या आउँदा बैतडी र दार्चुलाको टेलिफोन सेवा अवरुद्ध भएको हो । आज दिउँसो देखी अप्टिकल ब्रेक हुदाँ फोन सेवा अबरुद्ध भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।

अप्टिकलमा समस्या आउदा फोन नलाग्ने, लागे पनि केहि नसुनिने, सम्पर्क हुन सकेन लगायतका समस्या सिर्जना भएका छन् । साथै एडिएसएल (इन्टेरनेट) सेवा पनि अवरुद्ध भएको छ । अबरुद्ध टेलिफोन सेवा र इन्टरनेट सेवा मर्मत पछि भोली मात्रै संचालन हुने टेलिकम दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय