दार्चुला भदौ १५ । आईतवार राती अविरल वर्षाका कारण दार्चुला तिंकर सडक खण्डको श्रीवगर क्षेत्रमा मोटर रेवल पुल भत्काएपछि दुहुँ गाउँपालिका वाट सदरमुकाम खलंगा आवत जावत गर्न समस्या भैरहेको वेला नेपाली सेनाले श्रीवगर क्षेत्रमा अस्थायी पुल निर्माण गरेको छ । सदरमुकाम खलंगासँग दुहुँ गाउँपालीका र व्याँस गाउँपालिकाको आवतजावतको मार्ग पुर्ण रुपमा ठप्प भएकाले आज नेपाली सेनाले अस्थायी काठेपुल निर्माण गरेको हो । नेपाली सेनाको गुरुगोरखदल गुल्म र स्थानीयको सहयोगमा अस्थायी काठेपुल निर्माण गरिएको छ । स्थानीयको आवतजावत ठप्प भए पछि अस्थायी रुपमा बिजुलीको पोल र काठ संकलन गरि अस्थायी पुल निर्माण गरिएको वताईएको छ ।
पुल बनेपछि आवतजावतमा सहज भएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs