दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९र०८० को नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ । शुक्रवार मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामीले एघारौं गाउँसभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । नीति तथा कार्यक्रममा कृषिमा आधुनिकिकरण र यान्त्रिकिकरणको नीति अवलम्बन गरि कार्यान्वयनमा ल्याउने, पालिकास्तरिय कृषि संकलन तथा भण्डारण केन्द्रको स्थापना गर्ने, हिमाल दृस्यावलोकन पदमार्ग निर्माण गरिने, परमचुला धार्मीक पर्यटकीय स्थलको रुपमा विकास गर्ने, जटिबुटी प्रशोधन केन्द्र स्थापना गर्ने, अध्यक्षसंग शिक्षक विद्यार्थी कार्यक्रम सन्चालन गर्ने, एक वडा एक खेल मैदानको नीति ल्याउने, पालिका स्तरिय सभा गृहको निर्माण गर्ने, मार्मा गाउँपालिकाका प्रत्येक घरधुरिमा दुई वर्ष भित्र विधुत सेवा उपलब्ध गराने, गाउँपालिका क्षेत्र भित्रका सार्वजनिक निकायहरु मार्फत प्रवाह गरिने सेवाहरुको कार्यसम्पादन मूल्यांकन गरि पुरस्कार तथा दण्ड प्रणाली अबलम्बन गरिने लगायत नीतिहरू समेटिएको छ ।

यस्तै आगामी आर्थिक वर्षको बजेट गाउँपालिका उपाध्यक्ष सर्मिला सिहँले सार्वजनिक गर्नुभयो । संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान ११ करोड ५९ लाख, सषर्त अनुदान १६ करोड अन्ठाउन्न लाख, समपुरक अनुदान ७० लाख, विषेश अनुदान ६ करोड २४ लाख, राजश्व बाडफाड बाट प्राप्त हुने ८ करोड २८ लाख ४४ हजार, प्रदेश सरकारको समानिकरण अनुदान ८२ लाख ४८ हजार, प्रदेश सरकार राजस्व बाँडफाँड ११ लाख १७ हजार, समपुरक २५ लाख, विशेष अनुदान ३८ लाख ६० हजार गरि कुल ४५ करोड ४७ लाख १९ हजारको बजेट सार्वजनिक गरिएको हो ।

नीति, कार्यक्रममा समेटिएका कार्यक्रमहरूलाइ प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको मार्मा गाउँपालिकाले जनाएको छ । एमबिबिएस पढ्न चाहाने उत्कृष्ट विद्यार्थीलाई अनुदान दिने लगायत कुराहरू समेटिएको बताइएको छ ।

बिज्ञापन


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय