प्रेमराज जोशी दार्चुला भदौ, १६ । जिल्लाको दुहुँ गाउँपालिकामा आईतवार आएको अविरल वर्षाका कारण क्षती भएको जलविद्युत सेवा तत्काल सामाधानका लागी पहल गरिदिन दुहँ गाउपालिकाले प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीलाई आग्रह गर्नु भएको छ । आज दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र वहादुर कार्कीले भारी वर्षाका कारण कालागाड खोलामा निर्माण भएका सवै लघुजलविद्युतहरु खोलाले वगाएकोले विद्युत विस्तारको लागी विद्युत प्राधिकरण दार्चुलालाई निर्देशन दिन आग्रह गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी जोशीले नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्र प्रमुख मोहन देव जोशीलाई आफ्नो कार्यकक्षमा वोलाई यो आपत्तकालिन अवस्थामा हामीसवैले आ आफ्नो क्षेत्रवाट सहयोग गर्नु पर्ने भन्दै छिटो भन्दा छिटो लाईन विस्तार गर्न निर्देशन दिनु भएको छ । जवाफमा विद्युत प्राधिकरण प्रमुख जोशीले आजै फिल्ड कर्मचारी पठाई फिल्ड अध्ययन गर्ने र कुन माध्यमवाट सहज हुन्छ त्यो वाटो प्रयोग गरी विद्युत लाईन विस्तारमा सहयोग गर्ने वताएका छन् । लघुजलविद्युतकै लाईनमा राष्ट्रिय प्रशारण लाईन जोड्ने या आफ्नै लाईन विस्तार गरी विद्युत सेवा प्रवाह गर्नै भन्ने वारे अध्ययन पछि मात्रै थाहा हुने प्राधिकरण दार्चुलाले जनाएको छ । प्राधिकरण प्रमुख जोशीले तत्काल मिटरको समेत ब्यवस्था गर्ने र जुुन माध्यम सहज र छिटो हुन्छ त्यो माध्यमवाट सहयोग गर्ने वताएका छन् ।
बाढीले दुहुँ गाउँपालिका–३ मा रहेको ४३ किलोवाट क्षमताको कालागाड पहिलो लघुजलविद्युत, वडा नम्बर ५ मा रहेको ४० किलोवाट क्षमताको दोस्रो कालागाड लघुजलविद्युत, वडा नम्बर १ मा रहेको १४ किलोवाट क्षमताको भाष्कर लघुजलविद्युत, वडा नम्बर २ मा रहेको ३३ किलोवाट क्षमताको नरुली कलागाड लघुजलविद्युत र वडा नम्बर ५ मा रहेको ९ किलोवाट क्षमताको सिमार लघुजलविद्युतमा पुर्णरुपमा क्षति पुर्याएको अध्यक्ष कार्की जानकारी दिए ।निजाङखोलामा आएको वाढीले त्यसै दिन श्रीवगर क्षेत्रमा राष्ट्रिय प्रशारणको लाईन अवरुद्ध भएको हुँदा नेपाल टेलिकमको दम्दाकोट स्थित फोन सेवा पुर्ण रुपमा प्रभावित वनेको छ । साथै अहिले दुहुँ गाउँपालिकाका विद्युतका कारण अन्धकार सँगै संचार विहिन भएको छ । प्रमुख जिल्ला अधिकारी जोशीलाई भेट्न गाउँपालिका अध्यक्ष पुलेन्द्र वहादुर कार्की, उपाध्याक्ष ईश्वरी जोशी, वडा नं. ५ का वडा अध्यक्ष दौलत सिह महर, नेकपा एमालेका नेता नरेन्द्र वहादुर सिह वडाल र शिद्धटोपी खवर डटकमका प्रमुख कार्यकारी निर्देशक प्रेमराज जोशी जानु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय