दार्चुला । नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला९टिंकर सडक निर्माणमा संलग्न कामदारको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको व्याँस गाउँपालिका–२ मालगाउँस्थित नाकुरीधार क्षेत्रमा सडक निर्माणका क्रममा भीरबाट लडेर नौगाड गाउँपालिका–४ सिप्टीका अन्दाजी ४५ वर्षिय जय बहादुर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

धामी आज विहान करिब१० बजेतिर भीरबाट करिब ५ सय मिटर तल खसेको तथा घटनास्थलमै मृत्यु भएको बताइएको छ । अहिले उतm स्थानमा इलाका प्रहरी कार्यालय हुतिबाटबाट इन्सपेक्टर लोकेन्द्र बहादुर कार्कीको टोली र सुन्सेराबाट प्रहरीको टोली घटनास्थलमा गइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपि प्रतिक विष्टले जानकारी दिनु भएको छ । घटनाको बाकी विबरण आउन बाकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय