दार्चुला ।  जिल्लामा कार्यरत पत्रकार तथा स्वास्थ्यकर्मीहरुसंग स्वास्थ्यसम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको आयोजमा अन्तरक्रिया सम्पन्न भएको हो । मातृ तथा पेरिनेटल मृत्य घटाउनका लागि जिल्लाका विभिन्न संञ्चार माध्यममा कार्यरत संञ्चारकर्मीहरु संग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।  स्वास्थ्य कार्यालय दार्चुलाका वरिष्ठ जनस्वास्थ अधिकृत जय राज भट्टले मातृ तथा पेरिनेटल मृत्य घटाउन स्वास्थ्यकर्मीका साथै पत्रकारहरुलाई जानकारी हुनुपर्ने धारण राखे ।

स्वास्थ्यकर्मीहरुले सही सल्लाह, परामर्श र उपचार सेवा दिन सकेमा मातृ तथा पेरिनेटल मृत्य घटाउन सकिने भन्दै उनले मातृ तथा पेरिनेटल मृत्यू, निगरानी तथा प्रतिकार्य सम्वन्धी पत्रकारहरुलाई लेख्न र भन्न सकिने बताए । यस्तै उनले मातृ तथा पेरिनेटल मृत्य दर घटाउनकै लागि निगरानी तथा प्रतिकार्य सम्वन्धी अन्तरक्रियाको आयोजना गरिएको बताए ।स्वास्थ्य कार्यालय दार्चुलाका बरिष्ठ जनस्वास्थ्य अधिकृत भट्टले पछिल्लो समयमा मातृ, पेरिनेटल मृत्यदर लगायत बिभिन्न स्वास्थ्य सुचकहरुमा सुधार हुदै आएको बताए । हाल सम्म नेपाल अधिराज्यभरका १२ वटा जिल्लामा यो कार्यक्रम लागु भइसकेको जनाएको छ भने १३ औ जिल्लाको रुपमा दार्चुला परेको छ ।
१२ वर्ष देखि ५५ वर्ष सम्मका महिलाहरुको मृत्यु भएमा उनीहरुको मृत्यूको कारण खोजिने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । यसका लागि स्वास्थ्य कार्यालय दार्चुलाले जिल्लाभरीका ३८० जना स्वास्थ्यकर्मीहरुलाई तालिम दिएको जनाएको छ भने ३७४ जना महिला स्वास्थ्यसेवय सेविकाहरुलाई तालिम दिइएको जनाएको छ । मृत्युदरलाई घटाउन विभिन्न सेवा सुविधा साथै जनचेतना कार्यक्रम गरिदै आएको भएपनि शिशु तथा आमाको मृत्युदर वृद्धि के कारणले ? कसरी मृत्यु भयो ? भन्ने कुराको लेखाजोखा गरेर थप प्रतिकार्यत्मक कार्यक्रम गरिने कार्यालयले जनाएको छ ।
कार्यक्रम जिल्लाका सबै स्वास्थ्य संस्था अन्तर्गत समुदायमा लागु हुने गरी मृत्युदरलाई घटाउनका लागि स्वास्थ्य संघ संस्थाबाट हुने प्राविधिक सेवा सुविधालाई बढाउनु पर्नेमा समेत जोड दिइएको छ । वडामा मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि वडा अध्यक्ष यसको संयोजक हुने प्रावधान राखिएको गाउँपालिका तथा नगरपालिकामाहरुमा उपाध्यक्ष तथा उप प्रमुख संयोजक रहने प्रावधान राखिएको छ । यस्तै जिल्लामा समन्वय अधिकारी संयोजक रहने गरी समिति तयार हुने बताइएको छ । अभिमूकीकरण कार्यक्रम स्वास्थ्य कार्यालय दार्चुलाका बरिष्ठ जनस्वास्थ्य अधिकृत जय राज भट्टको अध्यक्षतामा भएको हो । कार्यक्रममा जिल्ला स्थित संचार माध्यममा कृयाशिल पत्रकार लगायत स्वास्थकर्मिहरुको उपस्तिथि रहेको थियो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय