काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको पत्नी आरजु राणा देउवालाई कोरोना पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएसँगै आरजु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा क्वारेटाइनमा बसेकी छन् ।

आरजुलाई कोरोना संक्रमण भएपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले स्वास्थ्य लाभको कामना गरेकी छन् । मन्त्री रेग्मीले सामाजिक सञ्जाल फेसबुकमार्फत् आरजुको स्वास्थ्य लाभको कामना गरेकी हुन् ।

त्यसोत, पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै पनि नेपालमा थप ५५ जनामा कोरोना देखिएको छ, भने १७ जना निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय