काठमाण्डौ । काठमाण्डौ उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि १४ जनामा हैजा सङ्क्रमणको पुष्टि भएको थियो । उपत्यकाका बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रमा हैजाका बिरामी भेटिएका स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार उपत्यकाका धेरै ठाउँमा हैजा फैलिसकेको छ । तर, नआत्तिन उहाँको आग्रह छ । हैजाबाट जोगिन खानपानमा ध्यान दिनु नै उत्तम उपाय हो । केयूकेएल र ट्याङ्करको पानीमा नै हैजाको जीवाणु, जार र बोतलका पानी पनि उमालेर मात्रै पिउन सुझाव महामारीको जोखिम बढ्यो ः पूर्व तयारीमा जुट्न तथा स्वास्थ्यकर्मी र शय्याको व्यवस्थापन गर्न अस्पताललाई निर्देशन

त्यसैले उमालेर वा शुद्धीकरण गरेर मात्रै पानी पिउन तथा स्वस्थ खानेकुरा मात्रै खान डाक्टरको सुझाव छ । उहाँले जार तथा बोतलको पानी पनि उमालेर मात्रै पिउन आग्रह गर्नु भएको छ। यस्तै, खुला ठाउँमा दिसापिसाब नगर्न पनि डाक्टर अधिकारीको आग्रह छ।

सरसफाइ र खानपानमा ध्यान लिए हैजाको रोकथाम गर्न सकिन्छ । यस्तै, हैजा थप फैलिन नदिन पानीका मुहान तथा स्रोतमा नै शुद्धीकरण गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । उज्यालोबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय