दार्चुला भदौ १६ । नेपाली कांग्रेस दार्चुलाको भदौ २२ गते देखी सुरु हुने सातौ जिल्ला अधिवेशन सफल पार्न विभिन्न समितिहरु गठन गरिएको छ । मंगलबारबाट बसेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाको बैठकले अधिवेशन सम्पन्न गर्न मुल आयोजक समिति, प्रचार–प्रसार समिति र आर्थिक व्यवस्थापन समिति गठन गरेको सचिव हरक सिंह बिष्टले जानकारी दिए । बैठकले नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति ललित सिंह बोहराको संयोजकत्वमा ५ सय १ सदस्यीय मुल आयोजक समिति गठन गर्ने निर्णय गरिएको उनले वताए ।
मुल आयोजक समितिको सदस्यमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य, पदाधिकारी, भातृ संघ संगठनका प्रमुखहरु रहेको उनले वताए । बैठकले नेपाली कांग्रेस जिल्ला कार्यसमितिका प्रवक्ता माधव प्रसाद भट्टको संयोजकत्वमा प्रचार–प्रसार समिति गर्ने निर्णय गरेको छ । त्यस्तै कोषध्यक्ष मोहन देव पन्तको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति तथा दान सिंह तिंकरीको संयोजकत्वमा स्वयम सेवक परिचालन तथा मञ्च व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको सचिव बिष्टले बताए ।
दार्चुलामा भदौ २२ गते वडा अधिवेशन, २७ गते पालिका अधिवेशन, असोज १ गते क्षेत्रिय अधिवेशन तथा असोज ५ गते खलंगामा जिल्ला अधिवेशन गर्ने कार्यतालिका रहेको छ । यसैबिच नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रिय कार्यसमितिको बैठक समेत सम्पन्न भएको छ । बैठकले प्रदेश क्षेत्र नम्बर क का सभापति हरक सिंह बिष्टको संयोजकत्वमा क्षेत्रिय अधिवेशन सम्पन्न गर्न १ सय १ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । क्षेत्रिय अधिवेशन सम्पन्न गर्न सहसभापति गोवर्धन कोलीको संयोजकत्वमा प्रचार–प्रसार समिति गठन गरेको सचिव बिष्टले जानकारी दिए । जिल्लाका नौ वटै स्थानिय तहका ६१ वटै वडामा वडा अधिवेशन गर्ने तयारी तिब्र पारीएको बताइएको छ । वडा अधिवेशनबाट १ जना सभापति सहित १५ जना सदस्य वडा समिति चयन हुने उनले वताए । जिल्ला कार्यसमितिको वैठक आज मात्रै सकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय