प्रेमराज जोशी दार्चुला भदौ १६ । आईतवार राति दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाको कालागाड खोलामा आएको अविरल वर्षाका कारण वडा नं. २ नरोली र वडा नं. ५ को सुत्खोला क्षेत्रका ४२ घर परिवार विस्तापित भएका छन् ।
नरोली, अफरे र राता क्षेत्रका विस्थापित परिवारहरुको लागी अहिले गौरीलमाण्डौ माध्यामिक विद्यालय हिकिलाको भवन वास स्थान वनेको छ ।
अहिले विद्यालयको भवनमा दुहुँ गाउँपालिका वडा नं. २ नरोलीका १६ परिवार सोही वडाका राता क्षेत्रका ४ परिवार र अफरे क्षेत्रका २ परिवार गरी २२ परिवारको वास स्थान वनेको छ ।
विद्यालयमा वसोवास गरीरहेका २२ परिवारहरुको खाना, वस्नको ब्यवस्था दुहुँ गाउँपालिका वडा नं. २ हिकिलाले गरेको गाउँपालिकाका प्रवक्त एवम वडा नं. २ का वडा अध्यक्ष गोविन्द सिह डडालले जानकारी दिए । कोहि परिवार वाँस वस्नको लागी आफन्तकोमा गएको भन्दै अध्यक्ष डडालले आफ्ना लागी वडा कार्यालयमा आई आवश्यक खाद्यन्न लैजान आग्रह गर्नु भएको छ । खोला किनारवाट ५० मिटर माथि रहेको रैभान सिह साहुको घर पछाडि २० मिटरको खाल्डो परेको छ ।
त्यस्तै वथ्थोली क्षेत्रमा अहिले पनि जमिन भासिने क्रम जारी रहेकोले वस्ती गरमोराको आधारभुत विद्यालय भवनमा सारीएको वडा नं. ५ का वडा अध्यक्ष दौलत सिह महरले जानकारी दिए । सुत्खोला, सिमार, थाम, चिनाडी, घोप्ट्या क्षेत्रका परिवारहरु सोमनाथ आधारभुत विद्यालयको भवन र सुर्खेतवाट ल्याएको ८० थान त्रिपाल थाम गाडामा रोकी वसेको अध्यक्ष महरले जानकारी दिए ।
अहिले सम्म स्थानियहरुले पुर्ण रुपमा सहयोग गरेको भएपनि प्रशासन क्षेत्रवाट खासै सहयोग नभएको स्थानियको आरोप छ । हिकिला क्षेत्रवाट मान्छे हरु उद्धारको लागी आए तर प्रशासनले कुनै पनि सुरक्षाकर्मीहरु वाढी प्रभावित क्षेत्रमा पठाएन, २ जनाको हेलीक्याप्टरवाट उद्धार गर्दैमा प्रशासन थकेको देखिन्छ एक जना वाढी पिडित पुरन सिह साहुले भने ।
त्यस्तै एउटै घरभित्र दुई तिन सय पिस काठ रहेको भन्दै तत्काल काठ सुरक्षित ठाउँमा सार्ने ब्यवस्था मिले आफुहरु खुसी हुने साहुको भनाई छ । वनाएका २ घर त गैसके अव कुनै ठाउँमा वनाउनलाई जग्गा पनि छैन् वाकि जग्गा किने पनि काठहरु घर वाट निकाल्न सके तत्काल अर्काे ठाउँमा घर निर्माणमा सहज हुने थियो साहुले भने ।
हिकिला प्रहरी पोष्टवाट प्रहरी टोली १ चोटी मात्रै हर्न आएको र कुनै पनि मानविय सहयोग नगरेको र स्थानिय नातेदाहरुले सहयोग गरि केहि कपडा र खाने कुरा ल्याउन सफल भईयो पिढितहरुको भनाई छ ।
यता प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले हिजो सम्म जाने वाटो नभएको र हिजो राति ८ वजे मात्रै श्रीवगर क्षेत्रमा काठे पुल निर्माण गरेको जानकारी दिए । आज मात्रै नेपाली सेना, शसस्त्र प्रहरी र जनपद प्रहरीको दश दश जना गरी ३० जनाको टोली घटना स्थल तिर गैसकेको जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय