धनुषा । मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ । यस कार्यक्रम कोरोना महामारीका कारण गएको दुई वर्षदेखि रोकिएको थियो । शिक्षा विकास निर्देशनालय मधेस प्रदेशका शिक्षा निर्देशक चुडामणि फुयाँलले ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको जानकारी दिनुभयो ।

यसअघि प्रभु बैंकसँग सम्झौता गरी छोरीहरुको बीमा गरिँदै आएकोमा अब ग्लोबल बैंकसँग सम्झौता गरिएको उहाँले बताउनुभयो । सम्झौतापत्रमा प्रदेश सरकारको तर्फबाट शिक्षा निर्देशक फुयाँल र ग्लोबल बैंकका प्रदेश प्रमुख सुजन श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

गएको २०७८ माघ १ गतेपछि जन्मिएका छोरीहरुको लागि सुरू गरिको बीमा, २० वर्षपछि तीन लाख रुपैयाँ दिने गरी प्रतिबीमा ३७ हजार ४ सय ५७ मधेस सरकारले बैंकलाई प्रिमियम तिर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ । उज्यालोबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय