दार्चुला, भदौ १६ । आइतबार राती आएको अविरल वर्षाका कारण जिल्ला सदरमुकाम खलंगा र दुहुँ गाउँपालिका तथा ब्याँस गाउँपालिकालाई जोड्ने दार्चुला–तिंकर सडकको ठाउँ–ठाउँमा पहिरो खसेर पुरै सडक अबरुद्ध भएपछि यातायातका साधनहरु चल्न सक्ने अवस्था छैन् । यो अवस्थामा दुहुँ गाउँपालिकामा खाद्यान्नको अभाव हुने भएपछि गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले हेलि लिप्ट गरी दुहुँमा खाद्यान्न ढुवानी गरिदिन प्रमुख जिल्ल अधिकारीलाई निवेदन मार्फत आग्रह गर्नु भएको छ ।

बाटोघाटो नहुँदा जिल्ला सदरमुकाम सम्मको यातायात अबरुद्ध भएर खाद्यान्न ढुवानी हुन नसकेर अभाव भएको भन्दै तत्काल हेलि लिप्ट मार्फत खाद्यान्न ढुवानीका लागी प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई निवेदन दिएको अध्यक्ष कार्कीले जानकारी दिए । जिल्ला सदरमुकाम खलंगाबाट दुहुँ गाउँपालिका–२ हिकिला स्थित गौरिलमाण्डौँ माविमा हेलिकप्टर मार्फत खाद्यान्न ढुवानी गरिदिन भनिएको उनले वताए । गाउँपालिकाका लागी तत्काल १ सय क्वीण्टल चामल, ५ क्वीण्टल दाल, २ सय लिटर तेल, ५ क्वीण्टल नुन र २० एमएम तथा १६ एमएमको ५ हजार मिटर पाइप ढुवानी गरिदिन आग्रह गरिएको बताइएको छ । यता प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले खाद्यान्न ढुवानीका लागी पहल गरिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय