दार्चुला : खानेपानीको पाइप लाइनमा पहिरो गएर पाइप चुडिएपछि विगत एक दुई हप्ता देखी सदरमुकाम खलंगामा बन्द भएको खानेपानी पुनः सुचारु भएको छ । आज विहानै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाबाट खटिएको खानेपानी मर्मत टोलीले चुडिएको पाइप जडान गरेपछि खानेपानी आपुर्ती सहज भएको हो । महाकाली नगरपालिका–३ मालुबेला नजिक खानेपानी पाइपमा पहिरो खस्दा मेन पाइप चुडिएर सदरमुकाम खलंगामा खानेपानी आपुर्ति बन्द भएको थियो । खानेपानी आपुर्ती बन्द हुँदा याहाका स्थानियले सशस्त्र प्रहरी र नेपाली सेना संग मागेर खानेपानीको व्यवस्थापन गरिरहेका थिए ।

सशस्त्र प्रहरीको टोलीले पहिरोले चुडालेको ४० मिटर खानेपानीको पाइप जोडेपछि आजबाट धारामा पानी आउने भएको छ । नगरपालिकाको वडा नम्बर २ गाराकु मुलबाट ल्याइएको खानेपानीको पाइप लाइन व्यवस्थित नहुँदा समय–समयमा सदरमुकाम खलंगामा खानेपानी अबरुद्ध हुने गरेको छ । खलंगाका स्थानियले खानेपानी चरम समस्या भोग्दै आइरहेका छन् । खलंगा खानेपानी उपभोक्ता समितिले पाइप लाइन तथा खानेपानीका अन्य संरचनाहरु मर्मत सम्भार नगर्दा समय–समयमा खानेपानी आपुर्ती बन्द हुदै आएको छ । सशस्त्र प्रहरीको ४४ नम्बर गणबाट सशस्त्र प्रहरी सहायक निरिक्षक नवराज भट्टको कमाण्डमा १५ जनाको टोली खानेपानी मर्मतका लागि सो क्षेत्रमा खटिएको गणपति त्रिभुवन विष्टले बताउनुभयो ।dfm

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय