दार्चुला । अपि नम्पा अल्लो उद्योग दार्चुलाका उद्यमी बिमला देबी जोशी १ लाख नगद सहित सम्मानित हुनु भएको छ ।

सुदुरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालय आर्थिक बर्ष २०७८ ०७९ को स्बीकृत बार्षिक कार्यक्रम बिभिन्न श्रोत, शाधन, सिर्जना र सिपको प्रयोग गरि कृषि गैरकृषि र पर्यटनको क्षेत्रमा उल्लेखनीय योगदान गरेका उत्कृष्ट ३ जना महिला मध्ये जोशीलाई नगद सहित सम्मानित गरिएको हो ।

जिल्ला सदरमुकाम खलंगामा अपि नम्पा अल्लो उद्योग स्थापना गरी सञ्चालन गर्दै आउनु भएका उद्योग संचालक राष्ट्रिय उत्कृष्ट पुरुष्कार प्राप्त उद्यमी कृष्णानन्द जोशीको अथक प्रयास र मेहनीतले आफु नगद सहित सम्मानित भएको उद्योगी जोशीले वताए । बिमला कृष्णानन्द जोशीकी बुहारी हुन ।

सामाजिक बिकास मन्त्रालयले उद्यमसिलताको माध्यमबाट अन्य महिलालाई समेत प्रोत्साहन हुने गरी स्वरोजगारी, रोजगारी सिर्जना गर्दै आर्थिक बिकाश र सामाजिक रुपान्तरणको क्षेत्रमा पुरयाएको योगदानको उच्च सम्मान गर्दै उद्यमी जोशीलाई सम्मानित गरेको हो ।

साथै मन्त्रालयले जोशीबाट अगामी दिनहरुमा समेत उद्यमशिलता र सामाजिक रुपान्तरणको क्षेत्रमा सकृय योगदानको अपेक्षा राखेको छ । जोशीलाई यहि असार २४ गते सुदुरपश्चिमको धनगढीमा भएको एक कार्यक्रमका बिच नगद १ लाख सहित प्रमाण पत्रले सम्मानित गरेको थियो।

अपि नम्पा अल्लो उद्योगमा जिल्लाका विभिन्न पहाडी क्षेत्रमा पाईने अल्लो प्रशोधन गरी कोट, टोपी, झोला, पाईन्ट, चोलो, सौउल बनाईन्छ । अहिले उक्त उद्योगमा उत्पादित अल्लोको विभिन्न सामग्रीहरु देश तथा बिदेशमा समेत निर्यात हुने गरेको छ । उद्यामी जोशीले अहिले उद्योग संचालन गरेर मनग्य आम्दानी गर्दै आईरहेका छन भने ७ जना स्थानिय महिलाहरुलाई उद्योगमै रोजगारी दिएका छन ।
लता र सामाजिक रुपान्तरणको क्षेत्रमा सकृय योगदानको अपेक्षा राखेको छ । जोशीलाई यहि असार २४ गते सुदुरपश्चिमको धनगढीमा भएको एक कार्यक्रमका बिच नगद १ लाख सहित प्रमाण पत्रले सम्मानित गरेको थियो।

अपि नम्पा अल्लो उद्योगमा जिल्लाका विभिन्न पहाडी क्षेत्रमा पाईने अल्लो प्रशोधन गरी कोट, टोपी, झोला, पाईन्ट, चोलो, सौउल बनाईन्छ । अहिले उक्त उद्योगमा उत्पादित अल्लोको विभिन्न सामग्रीहरु देश तथा बिदेशमा समेत निर्यात हुने गरेको छ । उद्यामी जोशीले अहिले उद्योग संचालन गरेर मनग्य आम्दानी गर्दै आईरहेका छन भने ७ जना स्थानिय महिलाहरुलाई उद्योगमै रोजगारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय