काठमाडौ । एक हजारले सुनको मुल्य घटेको छ । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपियाँले ओरालो लागेर ९३ हजार रुपियाँ तोकिएको छ। उक्त सुन अघिल्लो दिन प्रतितोला ९४ हजार रुपियाँमा कारोबार भएका थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार पाँच सय रुपियाँ छ। उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार पाँच सय रुपियाँ थियो।
