काठमाडौं । भारतको १५ औँ राष्ट्रपतिको नाम आज घोषणा हुँदै छ। १८ जुलाइमा भएको राष्ट्रपति निर्वाचनको आज विहान सवा ११ बजेबाट मतगणना सुरु भएको हो । मतगणनाका लागि सबै राज्यको विधानसभाबाट मतपेटिका संसद भवन पुगिसकेका छन्।

राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाइमा सकिँदै छ। राष्ट्रपति पदका लागि सत्तारुढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडीएले झारखण्डकी पूर्व गभर्नर द्रौपदी मुर्मूलाई उम्मेदवार बनाएको छ। यस्तै विपक्षी गठबन्धनबाट पूर्व केन्द्रीयमन्त्री यशवन्त सिन्हा उम्मेदवार छन्। भारतको राष्ट्रपति पदमा सामान्यतया सत्ताधारी दलकै जित हुने गरेको छ।

राष्ट्रपतीय निर्वाचनमा संघीय संसदका दुवै सदनका सांसद, प्रदेशसभाका सदस्य तथा संघीय राजधानी दिल्ली र केन्द्र शासित प्रदेश पुद्दुचेरीका निर्वाचित सदस्यहरुले मतदान गरेका छन्।​ द्रोपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भए उनी देशको पहिलो आदिवासी राष्ट्रपति र दोस्रो महिला राष्ट्रपति बन्नेछिन्। भारतमा आगामी ६ अगस्टमा उपराष्ट्रपतिको निर्वाचन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय