दिपेश गुरुङको एक गोलको सहयोगमा यू–२० साफ च्याम्पियनसिपअन्तर्गत उद्घाटन खेलमा नेपालले माल्दिभ्सविरुद्ध पहिलो हाफमा १–० को अग्रता बनाएको छ । कालिंगा स्टेडियममा भइरहेको खेलको दिपेशले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाए ।

   उनले खेलको ४२औं मिनेटमा गोल गर्दै नेपाललाई पहिलो हाफमा अग्रता दिलाएका हुन् । आजको खेलमा नेपाल जित निकाल्दै प्रतियोगिताको अंक तालिकामा आफूलाई बलियो बनाउने योजनामा छ । सिंगल राउण्ड रोबिनको पद्धतिमा हुने तालिकाको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय