दार्चुला भदौ १८ । दुहुँ गाउँपालिकाको वैठक विभिन्न ८ निर्णय पारित गर्दै सम्पन्न भएको छ । शुक्रवार गाउँपालिका अध्यक्ष पुलेन्द्र वहादुर कार्कीको अध्यक्षतामा वसेको गाउँपालिकाको वैठकले भाद्र १३ गते भएको अविर वर्षाका कारण ज्यान गुमाएका परिवारलाई ५० हजार र पुर्ण घर क्षति भएका परिवारलाई राहत स्वरुप २५ हजार दिने निर्णय गरेको छ ।
त्यस्तै वाढी पहिरोका कारण पुर्ण क्षति भएका र विस्थापित घर परिवारलाई खाद्यन्न राहत उपलब्ध गर्ने, तत्काल गाउँवस्ति भित्र अवरुद्ध वाटोघाटो खोली जन जिवन सहज गर्न वडालाई जिम्मेवारी तोकिने, खानेपानी क्षतविक्षत भएका वस्तीमा तत्काल मर्मत गरिने, गाउँपालिका भित्रका १ सय ५० घरधुरी वाढी पहिरोका कारण विस्तावित गर्नु पर्ने अवस्था रहेको हुँदा पिडित घर परिवारहरुको पुर्नस्थापनाको लागि जिल्ला प्रशासन मार्फत सम्वन्धित निकायमा माग गर्ने, वाढी पहिरोवाट क्षतविक्षत संरचना पुन निर्माण गर्न दुहुँ गाउँपालिकालाई विशेष गाउँपालिका घोषणा गरी पुन निर्माणको छुट्टै परियोजना लागु गर्न संघ प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
वाढी र पहिरोले अस्तब्यस्त भएको जनजिवनलाई सामान्य वनाउन अल्पकालीन दिर्घकालीन उद्धार तथा पुनस्थापनमा काम कार्वाही अगाडि वढाईने हुँदा पिडित आम नागरीकहरुलाई धैर्यधारण गर्न अपिल गरेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs