काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ५७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ५७७ जनामा संक्रमण पुष्टि भएको हो।
४ हजार २८२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। दुई हजार ४७४ जनाको पिसिआर र एक हजार ८०८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ४३५६ जना सक्रिय संक्रमित छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा दुई जनाको मृत्यु भएको छ। २६९ जना संक्रमित निको भएका छन्।
