दार्चुला भदौ १८ । यहि भदौ १३ गते आएको बाढीमा परि बेपत्ता भएका परिवारका वालवालीका लाई महाकाली नगरपालीकाले निशुल्क पढाई दिने भएको छ । शुक्रवार वसेको नगरकार्यपालिकाको वैठकले महाकाली नगरपालिका १ मलेराका दुवै दाजु भाई शेरसिंह कार्की र हरक सिंह कार्कीका छोराछोरीहरुलाई नगरपालिकाले निशुल्क पढाई दिने निर्णय गरेको नगरप्रवक्ता पदम सिंह महरले जानकारी दिए ।
यस्तै कार्यपालिकाको बैठकले बाढीले जमिन बगाएका परिवारलाई १ रोपनीको १० हजार तथा त्यो भन्दा कम क्षति भएका परिवारलाई ५ हजारका दरले राहत दिने निर्णय गरेको उनले वताए ।
बाढीले सो क्षेत्रका १४ ओटा पानी घट्ट बगाएको छ । घट्ट बगाउदा पिसानीमा समस्या भएको हुँदा तत्कालका लागि पिठो पिस्ने आधुनिक चक्कि नगरपालिकाले वितरण गर्ने भएको छ । यस्तै बैठकले बेसहारा आमाबुवाको सहारा तथा टुहुरा बालबालिकाको अभिभावक नगरप्रमुख कार्यक्रमको कार्यविधि पारित गरेको नगरप्रवक्ता महरले जानकारी दिए । बैठक नगरप्रमुख हंसराज भट्टको अध्यक्षतामा बसेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय