दार्चुला, भाद्र १८ गते । बाढी पहिरोका कारण पिडित परिवारलाई नेपाल इन्भेस्टमेन्ट वैंक हिकिला शाखाले आर्थिक सहयोग गरेको छ । नेपाल इन्भेस्टमेन्ट वैंक हिकिला शाखाका शाखा प्रमुख विरेन्द्र सिह कार्कीले दुहुँ गाउँपालिका वडा नं २ का वडाध्यक्ष गोबिन्द डडाल मार्फत बाढि पहिरो पिडित परिवारहरुका लागि नगद ११ हजार पाँच सय रुपैयाँ सहयोग दिएको वताईएको छ । जिल्लाको दुहुँ गाउँपालिका क्षेत्रमा गत भाद्र १३ गते राती परेको अविरल वर्षाका कारण पिडित परिवारहरुको घाँउमा सानै रकम भएपनि मलन लगाउने प्रयाश गरेको शाखा प्रमुख कार्कीले जानकारी दिए । बाढी पहिरोका कारण दुहुँ गाउँपालिका र महाकाली नगरपालीकामा ठुलो धनजनको क्षती भएको छ । यो क्षेत्रका वाढी पहिरो पिडितहरुका लागी विभिन्न ठाउँवाट सहयोग जुट्ने क्रम जारी रहेका छ ।