थाइपेई । अमेरिकी सभामुख नान्सी पेलोसी आफ्नो ऐतिहासिक र चुनौतीपूर्ण थाइवान ९ताइवान० भ्रमणबाट फर्किएकी छिन्। पेलोसीको भ्रमणलाई ध्यानमा राख्दै चीनले थाइवान वरिपरि ठूलो मात्रामा युद्धकविमान र युद्धपोत तैनाथ गरेको छ।

पेलोसीको थाइवान भ्रमणबाट आक्रोशित चीनले चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सेलाई बोलाएर यस विषयमा कडा आपत्ति जनाएको छ। अमेरिकाले आफ्नो ‘गल्ती’को मूल्य चुक्ता गर्नुपर्ने चीनले चेतावनी दिएको छ। चिनियाँ उपविदेशमन्त्री ची फङले यस्तो चेतावनी दिएका हुन्।

पेलोसीको भ्रमणप्रति आक्रोश व्यक्त गर्दै चीनले थाइवानको हवाई क्षेत्र नजिक धेरै चिनियाँ लडाकु विमान उडाएको छ र थाइवान स्ट्रेटमा सैन्य अभ्यास गरेको थियो। पेलोसीको भ्रमणलाई ध्यानमा राख्दै चीनले सम्पूर्ण क्षेत्रलाई ‘उडान निषेधित क्षेत्र’मा परिणत गरेको छ ।

२५ वर्षमा उच्च अमेरिकी अधिकारीको ​थाइवान भ्रमण

अमेरिकी सभामुख पेलोसीको थाइवानमा भ्रमण २५ वर्षमा उच्च अमेरिकी अधिकारीको पहिलो भ्रमण हो। साथै पेलोसीको यो पहिलो थाइवान भ्रमण हो। उनले थाइवान पुगेपछि भनिन्‚ ‘हाम्रो कङ्ग्रेसको प्रतिनिधिमण्डलको भ्रमणले थाइवानको जीवन्त लोकतन्त्रलाई समर्थन गर्ने अमेरिकाको प्रतिबद्धता देखाउँछ।’

वायु र जल दुवैबाट थाइवानको सम्पर्क विच्छेद
चीनले थाइवाननजिकै आफ्नो सैन्य अभ्यास तीव्र पारेको छ र यसका लडाकु विमानहरू पनि सहभागी छन्। चीनले थाइवानको हवाई क्षेत्र पूर्ण रूपमा बन्द गर्ने धम्की दिएको छ। चीनले थाइवानलाई वायुमार्ग मात्र होइन पनि समुद्री मार्गबाट पनि विच्छेद गर्न खोजेको छ।

थाइवानसँग किनबेच नगर्ने
चीनले थाइवानमाथि थुप्रै आर्थिक प्रतिबन्ध लगाएको छ। यस अन्तर्गत अब चीनले थाइवानलाई बालुवा बेच्नेछैन। चीनको यो कदमले थाइवानलाई निर्माण क्षेत्रमा निकै समस्या पर्ने विज्ञहरूले बताएका छन्।यति मात्र होइन, चीनले धेरै थाइवानी कम्पनीको आयातमा प्रतिबन्ध लगाएको छ। चीनले अब थाइवानबाट माछा र फलफूल किन्ने छैन।

चीनको पक्षमा रूस
पेलोसीको थाइवान भ्रमणपछि उत्पन्न तनावमा रूसले चीनको खुलेर समर्थन गरेको छ। रूसले एउटा मात्र चीन रहेको र थाइवान चीनको अविभाज्य अंग भएको बताएको छ। रूसले पेलोसीको भ्रमणलाई उत्तेजक कदम बताएको छ। उसले थाइवानको मुद्दा चीनको आन्तरिक मामिला भएको बताउँदै यसमा अमेरिका जोडिन नहुने दाबी गरेको छ।

जापानद्वारा विरोध
चीनले थाइवानको खाडीमा गरेको प्रत्यक्ष फायर ड्रिलप्रति जापानले गहिरो चिन्ता व्यक्त गरेको छ। जापानले विज्ञप्ति जारी गर्दै चिनियाँ सेनाले आगामी केही दिनसम्म सैन्य अभ्यास गर्न लागेको क्षेत्र जापानको विशेष आर्थिक क्षेत्र अन्तर्गत पर्ने जनाएको छ। यस्ता सैन्य गतिविधिलाई ध्यानमा राख्दै जापानले चिनियाँ क्रियाकलापको विरोध गरेको छ।

बेलायतसँग चीनको सहयोगको आग्रह
बेलायतका लागि चिनियाँ राजदूत चङ चक्वाङले बेलायती सांसदहरूलाई अमेरिकाको जस्तो व्यवहार नगर्न आग्रह गरेका छन्। थाइवानलाई आफ्नो रक्षा गर्न सहयोग गर्नेु वा सांसदहरूको थाइवान भ्रमण गर्ने योजना होस्, यस्ता दुवै काम नगर्न उनले बेलायती सांसदलाई अनुरोध गरेका छन्। यसबाट ‘एक चीन नीति’को गम्भीर उल्लङ्घन भएको उनको कथन छ।

अमेरिकाले थाइवानलाई एक्लै नछोड्ने
अमेरिकी प्रतिनिधिसभाकी सभामुख नान्सी पेलोसीले अमेरिका थाइवानलाई दिएको प्रतिबद्धताबाट पछि नहट्ने सन्देश दिएको बताइन्। चीनको विरोध हुँदाहुँदै पनि पेलोसीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले थाइवानमा धेरै नेताहरूसँग भेट गरेको छ।

थाइवानकी राष्ट्रपति साई इङ वनसँगको भेटपछिको संक्षिप्त वक्तव्यमा उनले भनिन्, ‘आज विश्वका सामु लोकतन्त्र र निरंकुशताबीच एउटालाई छनौट गर्ने चुनौती छ। थाइवान र विश्वभरि सबै ठाउँमा लोकतन्त्रको रक्षा गर्न अमेरिकी प्रतिबद्धता अटल छ।’ एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय