दार्चुला भदौ, २० । लामो सयमदेखि कोरोनाका कारण बन्द रहेका विद्यालय खुल्ने भएका छन् । आइतबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी विद्यालय संचालन गर्न सकिने निर्णय गरेको हो । विद्यालय सञ्चालन गर्दा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउन भित्र रहेर सञ्चालन गर्न पाइने जनाइएको छ । त्यसको अनुगमनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ । अब स्थानीय तहले कोरोनाको अवस्था हेरी विद्यालय संचालन गर्न सक्नेछन् । शैक्षिक गतिविधिलाई सहज बनाउन यस्तो निर्णय गरिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय