दार्चुला । पछिल्लो समय जिल्लामा आयुर्वेदिक औषधि प्रति बिरामीको आकर्षण बढेकोे पाईन्छ । दैनिक रुपमा २०–३० जनासम्म सेवाग्राही सेवा लिन आउने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख रंगलाल महतले बताए ।

कार्यालय प्रमुख महतका अनुसार ग्याष्ट्रिक, बाथरोग, कब्जियत, पायल्स, हातखुट्टा दुख्ने जस्ता रोगीका बिरामी बढि आउने गर्दछन् । गत आर्थिक वर्ष ०७८÷०७९ मा आयुर्वेद स्वास्थ्य केन्द्रबाट १० हजार ५ सय २६ जनाले सेवा लिएका छन् । ग्रामिण क्षेत्रका सर्वसाधारण बिरामीहरु नागरिक आरोग्य सेवा केन्द्रहरुबाट सेवा लिइरहेका छन् । स्थानीय स्तरमा उपलब्ध हुने जडिबुटी जस्तै कालो हलेदो, ऐरेन्ट आदिको प्रयोग गर्दै स्टिम वाथ संचालनमा ल्याई उपचार गरिरहेको छ ।

पछिल्लो समय बढि मात्रामा निःशुल्क ल्याव परिक्षण गरी आयुर्वेदिक आौषधिहरू प्रदान गर्ने गरिएको छ नियमित रुपमा बिरामी चेकजाँच, विशेषज्ञसहितको निःशुल्क आयुर्वेद शिविर, विद्यालय आयुर्वेद कार्यक्रम, योग शिविरहरू संचालन गरी सेवा दिदै आईरहेको निमित्त कार्यालय प्रमुख महतले बताए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय