प्रेमराज जोशी दार्चुला भदौ, २० । यहि भाद्र १३ गते आईतवार राति परेको अविरल वर्षाले दुहुँमा पुर्याएको क्षतिको विवरण संकलन भैरहेको छ । दुहुँ गाउँपालिकाको वडा नं. २ र ५ मा वाढी पहिरोले अत्याधिक क्षति पुर्याएको तथ्याङकमा देखिएको छ । जसमा २ सय ६५ घरधुरी वाढी पहिरो पिडित रहेका छन् । ४६ घरधुरी पुर्ण क्षति, ९७ घरधुरी आंशिक क्षति, १ सय ११ उच्च जोखीममा, १३ घरधुरी जोखीममा रहेको तथ्याङक सार्वजानिक गरेको छ । मानविय क्षति ४ पुरुष १ महिला गरी ५ जनाको मृत्यु भएको छ । ७ सय ७९ महिला ६ सय ४८ पुरुष गरी १ हजार ४ सय २७ जना परिवार संख्या रहेको तथ्याङकमा छ । त्यस्तै ७ वटा झोलुङगे पुल, १ आर.सी.सी पुल अफर्या क्षेत्र, १ मोटर पुल श्रीवगर क्षेत्र, आधारभुत विद्यालय गुना, सुत्खोला र सौतोली गरी ३ वटा विद्यालय भवनमा वाढीले क्षति पुर्याएको छ । त्यस्तै नरोली वालविकास भवन र ५ वटा लघु जलविद्युत पुर्ण रुपमा क्षति भएको गाउँपालिकाको तथ्याङक छ ।
१ अर्व भन्दा माथीको सार्वजनिक सम्पति नोक्सान भएको दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र वहादु कार्कीले जनाकारी दिए । त्यस्तै २ सय आसपास रोपनी क्षेत्रफल खेती योग्ग जमिन नोक्सान भएको छ । ब्याक्तिगत रुपमा २ सय भन्दा वढी घरधुरी भएकोले भोली सम्म मात्रै क्षतिको विवरण सम्पुर्ण प्राप्त हुने अध्यक्ष कार्कीले वताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय