प्रेमराज जोशी दार्चुला भदौ २१ । जिल्लाको दुहुँ र ब्यासँ गाउँपालिकामा खाद्यन्न ढुवानीको लागी नेपाली सेनाको हेलीक्याप्टर सोमवार दार्चुला जिल्लामा आएको छ । ब्यासँ गाउँपालिका वडा नं. २ का ३३ वर्षिय जयसिह धामी वेपत्ता घटना प्रकरणले महाकाली नदि माथि लगाएका सवै तुईन फुकालीएपछि खाद्यन्न ढुवानीमा समस्या भएको हो ।
त्यस्तै दुहुँ गाउँपालिकामा भदौ १३ गते राति परेको अविरल वर्षाले वाटोघाटो वन्द भएपछि वाढि पहिरो पिडित परिवारहरुका लागी आवश्यक खाद्यन्न ढुवानीको लागी आजै सुर्खेतवाट नेपाली सेनाको हेलीक्याप्टर दार्चुला आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले जानकारी दिए । नेपाली सेनाको सामान लिएर सुरुको चरणमा ब्याँसको सुन्सेरा जाने र ठाउँ हेरेर पुन खाद्यन्न ढुवानी गर्ने जोशीले जानकारी दिए । हेलीक्याप्टर भोली सम्म जिल्लामा रहने जनाईएको छ ।
पहिलो चरणमा ब्याँस गाउँपालिकाको माल क्षेत्रमा खाद्यन्न ढुवानी गर्ने भएको छ । त्यसैगरी ४ लटमा खाद्यन्न दुहुँको गौरीमाण्डौ मावि हिकिला र वडा नं. ५ को सुत्खोला थाममा फाल्ने जनाईएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs