
प्रेमराज जोशी दार्चुला भदौ, २१ । जिल्लाको दुहुँ गाउँपालिका अधिकांस वाढि पहिरो पिडितको माग सानै भएपनि सरकारले घडेरी सम्म जमिन उपलब्ध गराउनु पर्ने वताएका छन् ।
आईतवार राति परेको अविरल वर्षाका कारण गाउँपालिकाको वडा नं. २ र ५ मा धेरै जनधनकोे क्षति भएको गाउँपालिकाको तथ्याङक छ । वडा नं. २ को नरोली, गुना, लस्या, अफर्या वडा नं. ५ वथ्थोली सिमार सुत्खोला, दुल्ला, घोप्ट्या चिनाडी, क्षेत्रलाई अर्काे ठाउँ वस्तिनै पुनस्थापना गर्नु पर्ने देखिएको छ ।
तिन पुस्ताले जम्मा गरेको रकमले ठुलो सपना वोकी २ घर निर्माण गरे तर अन्तिममा पेन्टिङ र फिनिसिङ वाकी थियो वाढीले वेहाल वनायो वाढी पिडित पुरन साहुले भने ।
अव कुनै अर्काे ठाउँ घर लगाउन जग्गा छैन् कमाई खाने ठाउँपनि छैन् के गरी खाने सोच्दा रुन मन लाग्छ तर के गर्नु विपत्ति मलाई मात्रै हैन सयौ परिवारलाई परेकै छ साहुले भने ।
त्यस्तै वडा नं. ५ सिमारका दिलीप सिह वडालको पनि यहि हालत छ । घरमा कोहिपनि कमाउने मान्छे छैन् आलु, राजीमा रोपेर यहि भएको जमिनमा उत्पादन गरेर ५÷७ जनाको परिवारको जोहो गरीरहेको थिए अव के गरी खाने वडालले दुखेसो पोखे ।
२० रोपनी खेत थियो आईतवार राति ११ वजे वाट भासिने क्रम सुरु भयो २ वजे राति त पुरै सखाप भयो सोच्दा रातिमा निन्द्रा छैन् दिनमा भोक छैन् कहिल्यै कल्पना नगरको वाढी आयो उनले भने ।
१ थान त्रिपाल, भाडाकुडा, १० किलो चावल, २ किलो दाल, दिएर आलटाल गर्नु भन्दा दिर्घकालीन सोच वनाएर स्थानिय सरकारले अगाडि वढ्नु पर्ने वताउन्छ अर्का वाढी पिडित नरपति डडाल । हामीलाई अहिले कुनै खानेकुराको समस्या छैन् केहि महिनाको लागी चावल भित्र राखेका छौ, मकै भकारीमा नै छ अन्य वस्तुहरुपनि छदैछन् तर अव राति वस्न भगवानको नाम लिन वाहेक विकल्प छैन् डडालले भने ।
गाउँपालिकाकै वडा नं. ५ बथोलीकी ४० वर्षिया मिनवहादुर वंमकी श्रीमतिको वाढी पहिरो गएको दिन देखी आँखाको आशु रोकीएको छैन् । जिवन भरी कमाएको र कर्जा निकालेर वनाएको वंमले २ तले पक्की भवन गुमाकी छन् । अहिले दुहुनो भैसी र आफु पाल तानेर नौमुडेमा वसेको वताउछिन् । घर निर्माण गरेर घरभित्र प्रवेश गरेको २ महिना नवित्दै पुरै सपना सकार भएपछि दिनमा न भोक छ न प्याँसनै छ वंमले रुदै भनिन् ।
राति ११ वजे खोलामा अवाज वढेको सुनीयो वाहिर आएर हेरे हिलो मिसिएको पानि आयो खोला वढेको महसुस भयो, नाती नातिना वोकि अर्काे ठाउँमा गए नरोलीका जमन सिह साहुले भने । स्थानिय सरकार दुहुँ गाउँपालिकाले वस्ती पुनस्थापनको लागी आश्वासन त देखाएको छ तर सार्ने कता हो ठेगान छैन् दुहुँ २ नरोलीकै नर सिह साहुले भने ।
अहिले त विद्यालय भवन खाली छ पढाई सुचारु भएपछि कहाँ गएर वस्ने अव विद्यालय खुल्ने पनि समाचार आईसक्यो संकर साहुले रुदै भने । दुहुँ गाउँपालिकामा २ सय ६५ घरधुरी वाढी पहिरो वाट पिडित भएका छन् । ४६ घरधुरी पुर्ण क्षति, ९७ घरधुरी आंशिक क्षति, १ सय ११ उच्च जोखीममा, १३ घरधुरी जोखीममा रहेको गाउँपालिकाको तथ्याङक छ ।