गोकुलेश्वर । बैतडी जिल्ला कारागार भित्र कारोना संक्रमण पुष्टि छ । कारागारका १६ जनालाई संक्रमण पुष्टि भएको कारागारका जेलर धारा भण्डारीले बताईन् ।

पीसीआर परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार उनीहरुको सम्पर्कमा रहेका सबैको एन्टिजेन परीक्षण गर्दा थप १२ जनामा संक्रमण पुष्टि भएको उनले बताइन् ।

संक्रमित कैदीहरुलाई अलगै राखेर उपचार गरिरहेको बताइएको छ । तर, २५ जनाको क्षमता रहेको कारागारमा अहिले ९३ जना कैदीबन्दी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय