दार्चुला भदौ २१ । जिल्लाको दुहुँ गाउँपालिकामा भाद्र १३ गते परेको अविरल वर्षाले पुर्याएको क्षति र वाढि पहिरो पिडित परिवार लाई सत्ता र सदनमा पुगेका कोहि नेताहरु पनि भेट्न आएका छैनन् । पिडामा हुँदा आएर आश्वासन दिनु र पिडाको घाउँमा मलम लगाउनु जुनसुकै मानवको मानविय धर्म हो । तर यस्तो दयनीय परिस्थितिमा सत्ता र सदनमा पुगेका सत्ता र कुर्षि भोग दार्चुला जिल्लाका कोहि नेतापनि भेट्न नआएकोमा आपत्ति जनाउनु हुन्छ वाढी पहिरो पिडित पुरन सिह साहु ।

हाम्रो अमुल्य भोट लगेर सिडी चडेका नेताहरुले आखिर के गरिरहेका छन् यो अवस्थामा आएर हामी सरकारलाई छिटो भन्दा छिटो पहल गर्छाै तपाईहरुको लागी वाँस वस्नलाई जमिन उपलब्ध गराउँन्छौ भन्नु नै हाम्रो लागी जमिन उपलब्ध हुनु हो अर्का वाढी पहिरो पिडित संकर साहुले भने ।
जिल्लावाट केन्द्रमा प्रत्यक्ष निर्वाचन वाट निर्वाचित गणेश सिह ठगुन्ना, सामानुपातिकवाट निर्वाचित दिलेन्द्र प्रसाद बडू त्यसैगरी प्रदेशमा निर्वाचन क्षेत्र नं. १ वाट प्रत्यक्ष निर्वाचित गेल्वु सिह वोहरा, सामानुपातिक तर्फ वाट निर्वाचित नन्दा वंम कोहि कसैको उपस्थिति भएको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय