
दार्चुला भदौ, २२ । दुहुँमा वाढि पहिरो पिडितलाई केदारनाथ वचत तथाऋण सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । यहि भाद्र १३ गते आईतवार राति परेको अविरल वर्षाले जिल्लाको दुहुँ क्षेत्रमामा पु¥याएको क्षतिमा थोरै भएपनि चर्किएको घाउँमा मलम लगाउने प्रयास गरेको संघका कार्यकारी अधिकृत धनराज जोशीले जानकारी दिए ।
श्री केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि. महाकाली ४, दार्चुलाले पिडितहरूलाई राहत स्वरुप गाउपालिका मार्फत रू ११,१११ रुपैयाको चेक हस्तातरण गरेको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत धनराज जोशी, प्रबन्धक प्रेम बल्लभ जोशीले वडा नं. ४ को कार्यालयमा गाउँपालिका उपाध्यक्ष ईश्वरी जोशी र वडा अध्यक्ष गोपाल सिह कार्की मार्फत सहयोग चेक र संस्थाको पत्र हस्तातरण गरेको छ ।
उक्त सहयोग चेक हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष ईश्वरी जोशी, वडाअध्यक्ष गोपाल सिह कार्की, सदस्य नरेन्द्र सिह कुवर वडासचिव गणेश दत्त जोशी संस्थाका तर्फबाट सचिव सुरेन्द्र बहादुर बम, लगायतको उपस्थित थियो ।