दार्चुला  : डेंगु संक्रमणका कारण दार्चुलामा ५ वर्षिय एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका–४ हुनैनाथकी उषा धामी रहेको गाउँपालिका स्वास्थ्य संयोजक गुणराज ओझाले जानकारी दिनुभयो । ति बालिकालाई एक हप्ता पहिले एक्कासी ज्वरो आएको तथा भदौ २० गते जिल्ला अस्पताल दार्चुला ल्याएर चेकजाँच गर्दा डेंगु र स्क्रब टाइफसको संक्रमण देखाएको संयोजक ओझाले जानकारी दिनुभयो । जिल्ला अस्पतालमा चेकजाँच गर्दा ति बालिकामा डेंगु र स्क्रब टाइफसको संक्रमण देखिना साथ अस्पतालले भर्ना गरेर उपचार गर्ने सुझाव दिएको तथा आफन्तहरुले भर्ना गरेर उपचार गर्न नमानेकाे अस्पतालले जनाएको छ ।
आफन्तहरुले अन्य ठुलो अस्पताल लग्छौ भनेर बिरामी बालिकालाई अस्पताल नलगेर पुनः घरमै लगेको खुल्न आएको छ । बालिकालाई घरमा ज्वरोले झन च्याप्न थालेपछि शंकरपुर स्वास्थ्य चौकीमा भर्ना गरेर उपचार गराइरहेको अवस्थामा अाज विहान ५ बजेतिर उनको ज्यान गएको बताइएको छ । डेंगु संक्रमणका कारण शरिरमा पानीको मात्रा कम हुने, सेतो रगतको मात्रा कम हुने तथा रक्त संचार प्रणालीमा प्रत्यक्ष असर परेर बिरामीको मृत्यु हुने गरेको जिल्ला अस्पतालका प्रमुख डा.अदर्श लिम्बुले जानकारी दिनुभयो ।
एडिस एजिप्टाइ र एडिस एल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु सर्ने गरेको उहाले बताउनुभयो । वर्षातको सिजनमा फुलदानी, पानीको ट्यांकी र पुराना टायर आदिमा जमेको पानीमा यो जातको लामखुट्टेले फुल पार्ने तथा त्यसैबाट यसको वृद्धि भएर डेंगुको प्रकोप बढ्ने बताइएको छ । यो लामखुट्टेले दिनमा टोक्ने भएकाले त्यसबाट जोगिन पुरै शरिर ढाकिने गरी लुगा लगाउन उहाले सुझाव दिनु भएको छ । डेंगुको संक्रमण भएमा उच्च ज्वरो आउने, जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्ने, आँखाको गेडी दुख्ने,  टाउको दुख्ने, शरीरमा राता बिमिराहरू आउने र वाकवाकी लाग्नु वा वान्ता हुने जस्ता लक्षणहरु देखा पर्ने उहाको भनाई छ ।
यसैबिच दार्चुलामा डेंगुको संक्रमण झन बढेको छ । जिल्लामा हाल सम्म ३९ जनामा डेंगुको संक्रमण पुष्टि भएको जिल्ला अस्पतालले जनाएको छ । जिल्लाको महाकाली नगरपालिकाका २७ जनामा डेंगुको संक्रमण देखिएको छ, भने मालिकार्जुन गाउँपालिकाका ३ जना, अपिहिमाल गाउँपालिकाका २ जनामा डेंगुको संक्रमण देखिएको छ । यस्तै नौगाड गाउँपालिकाका २ जना, दुहुँ गाउँपालिकाका ३ जना र ब्याँस गाउँपालिकाका २ जनामा डेंगु रोगको संक्रमण देखिएको स्वास्थ्य कार्या


 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय