दार्चुला । एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्दार गरिएको छ । जिल्लाको दुहुँ गाउँपालिका वडा –१ की २४ वर्षीया हरिना महराको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । उनी शुक्रबार राति दुहु गाउँपालिका वडा नं १ मा पर्ने पिपलचौरी स्वास्थ्य चौकीमा सुत्केरी भएकी थिइन् । उनले दुई वटा जुम्ल्याहा छोरीलाई जिन्म दिइकि छन ।
तर, चिकित्सकले उनको दुबै नवजात शिशुहरुलाई तौल कम बताएपछि उनलाई शनिबार हेलिकप्टरमार्फत धनगढी अस्पताल लगिएको गाउँपालिका अध्यक्ष नरेन्द्र बडालले बताउनु भयो । उनको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय दार्चुलाका साहयक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदको पहलमा उद्धार गरिएको हो । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्दार गरिन थालेपछि सुत्केरी महिलाहरुको ज्यान जोगिएको छ । दार्चुलामा हाल सम्म राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरर्गत ४ जना महिलाहरुको उद्धार गरिएको छ ।
