दार्चुला भदौ २२ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दार्चुलामा पनि आजदेखि वडा अधिवेशन सुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि दार्चुला जिल्लाको दुहुँ गाउँपालिकामा यहि भाद्र १३ गते परेको अविरल वर्षाका कारण वाटोघाटो अवरुद्ध भएपछि महाधिवेशन पर सरेको जिल्ला कार्यसमिति सचिव हरक सिह विष्टले जानकारी दिए ।
आजै ६१ वटै वडाको महाधिवेशन हुने विष्टले वताए । वडा अधिवेशनमा क्रियाशील सदस्य मतदाता रहने कांग्रेस विधानको व्यवस्था छ । वडा अधिवेशनबाट वडा कमिटी चयनका हुनुका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । सबैभन्दा बढी मत ल्याउने निर्वाचित हुनेछन् । कांग्रेसको संशोधित विधान अनुसार क्षेत्रीय प्रतिनिधिले पालिकाको नेतृत्व चयन गर्नेछन् भने निर्वाचन क्षेत्र, प्रदेश र प्रतिनिधिसभा कमिटी चयनका लागि मतदाता हुनेछन् । केन्द्रीय महाधिवेशनका लागि मतदाता रहने महाधिवेशन प्रतिनिधिको चयन पनि क्षेत्रीय प्रतिनिधिबाटै हुने भएकाले कांग्रेसमा वडा अधिवेशनलाई निकै महत्वका साथ हेरिन्छ । विधान अनुसार २०७६ फागुनमै हुनुपर्ने कांग्रेसको महाधिवेशन पाँच वर्ष ६ महिनामा सुरु हुन लागेको हो । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ सम्म काठमाडौंमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय