काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश  वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीले शेयरधनीहरूलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी २२औं साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्। हाल कमपनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँ छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो। सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय