दार्चुला । सनिवारबाट जिल्ला सदरमुकाम खलंगामा निशुल्क आँखा शिविर सुरु भएको छ । गेटा आँखा अस्पताल कैलाली र महाकाली नगरपालिकाको संयुक्त आयोजनामा महेन्द्र नमुना माध्यमिक विद्यालय खलंगामा ३ दिने आँखा शिविरको आज सुभारम्भ भएको छ ।
निशुल्क आँखा शिविरको पहिलो दिन आज ४ सय ७८ जनाले सेवा लिएको आँखा शिविर संयोजक नरेन्द्र विष्टले जानकारी दिए । जसमा २ सय ३० जना महिला र २ सय ४८ जना पुरुषले सेवा लिएको शिविर संयोजक विष्टले बताए ।
निशुल्क आँखा शिविरको पहिलो दिन ७६ जनाको शल्यक्रिया गरिएको छ ।  आँखाको मोतियाविन्दुको शल्यक्रिया गर्न ९४ जना भर्ना भएकोमा आज ७६ जनाको शल्यक्रिया गरिएको जनाएको छ । आज शल्यक्रिया हुन नसेकका सेवाग्राहीहरुको भोली हुने आयोजकले जनाएको छ ।
आज विहान ९ बजेदेखि  संचालन गरिएको निशुल्क आँखा शिविर अशोज ३ गते सम्म जारी रहने जनाएको छ । गेटा आँखा अस्पतालका डा.स्मद अधिकारीको नेतृत्वमा १५ जनाको टोलीले सेवा दिइरहेको छ ।
महाकाली नगरपालिकाका नगरप्रमुख नरसिह चैसिरले जेष्ठ नागरिकलाई पहिलो प्रचा हातमा दिएर निशुल्क आँखा शिविर सुरु गरिएको थियो ।
यसअघि शैल्यशिखर नगरपालिका वडानम्बर ९ गोकुलेमा र मालिकार्जुन गाउँपालिकाको वडानम्बर ८ शंकरपुर पस्तीमा निशुल्क आँखा शिविर संचालन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय