दार्चुला । नेपाल टेलिकम दार्चुलामा सिम कार्ड अभाव भएको छ । एक हप्ता अगाडि नै सिम कार्ड कार्यालयमा सकिएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । अहिले कार्यालयमा दैनिक दर्जन बढी सेवाग्राही सिम कार्ड लिन आउने गरेको पाइएको छ ।  बिहानै सिम कार्ड लिन गाउँ  घरबाट सदरमुकाम आएको तर कार्यालयमा सिम कार्ड नभएपछि रित्तो हात घर फर्किनु परेको एक सेवाग्राहीले बताए । उता नेपाल टेलिकमको क्षेत्रीय कार्यालय धनगढीमा समेत सिम कार्ड सकिएको र सिम कार्ड आउन अझै १/२ महिना लाग्ने नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय