दार्चुला । जिल्लाकै सर्वाधिक धनराशि भएको वडा स्तरीय प्रेम सिह धामि (राणा) स्मृति खुल्ला क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ ।
हेल्पिङ हेन्ड युथ सोसाइटी दुहु ४ फाराको आयोजना र लास्कु समाजको सह-आयोजना नेपाली हरुको माहान चाड दसैं तिहारको सुभ अवसरमा क्रिकेट प्रतियोगिता संचालन हुन गइरहेको आयोजकले जनाएको छ ।
दार्चुला जिल्लाकै सुन्दर , शान्त ,रमणिय, पर्यावरणीय र जिल्लाकै एक मात्र पर्यटकिय क्षेत्रको सम्भावना बोकेको माजक दह क्रिकेट स्टेडियम मा असोज १२ गतेबाट सन्चालन हुने आयोजकले जनाएको छ । ६ गत्तेदेखि सन्चालन हुने क्रिकेट प्रतियोगिता जिल्ला सदरमुकाम लगायत अन्य ठाउँमा बिनाशकारी बाढी र पहिरोका कारण स्थगित गरिएको थियो । सस्थाको असोज ३ गत्ते बसेको कार्यसमितिको निर्यण अनुसार यहि असोज १२ गत्तेदेखि प्रेम सिह धामि (राणा) स्मृति सन्चालन हुने भएको छ । प्रतियोगिताका प्रथम पुरुस्कार बिजेताले १ लाख ५५ हजार र दितिय पुरुष्कार बिजेताले ४४ हजार ४ सय ४४ ट्रफी, मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।
