दार्चुला । जिल्ला स्तरीय स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा कार्यक्रम सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको आयोजनामा आर्थिक वर्ष २०७८÷०७९ को बार्षिक समिक्षा गर्न थालिएको हो । कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख एवम बरिष्ठ जनस्वास्थ्य अधिकृत जय राज भट्टको अध्यक्षता तथा जिल्ला समन्वय समितीका प्रमुख महादेब बडूको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथि बडूले जिवनको महत्वपुर्ण पाटो स्वास्थ्य भएकाले यसलाई विशेष ध्यान दिनु पर्ने बताए । उनले जनप्रतिनिधिहरु र स्वास्थ्य क्षेत्रमा कार्य गर्ने कर्मचारीहरुले सहकार्य गरेर अगाडि बढ्नु पर्ने समेत बताए । त्यस्तै कार्यक्रममा महाकाली नगरपालिकाका प्रमुख नर सिह चैसिरले स्वास्थ्यको जटिल परिस्थितिमा स्वास्थ्य कर्मीहरुले महत्वपुर्ण भुमिका खेलेको बताए ।
स्वास्थ्यकर्मीले गरेको कार्यको उच्च मुल्याङकन गरिएको बताए । जिल्लास्तरीय गोष्ठी कार्यक्रम स्वास्थ्य कार्यालय दार्चुलाका बरिष्ठ जनस्वास्थ्य अधिकृत जय राज भट्टले प्रस्तुत गरेको कार्यक्रममा हाल सम्म जिल्ला भरी १४१ वटा गाँउघर क्लिनिकहरुबाट सेवा दिइरहको बताएका छन । यस्तै जिल्लाभरी खोप क्लिनिकहरुको संख्या १४४ रहेका छन । जिल्लामा हाल सम्म सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका ३७२ जना रहेका छन । यस्तै औषधी पसल निजि (फार्मेसी)को संख्या १९ रहेका छन । जिल्लामा १ बर्ष मुनिका बालबालिकाको संख्या २ हजार ५९३ रहेका छन । २ बर्ष मुनिका बालबालिकाको संख्या ५हजार १८३ रहेका छन ।
१२देखि २३ महिनाका बालबालिकाको संख्या २हजार ५९२ जना रहेका छन । ६देखि ५९ महिनाका बालबालिकाको संख्या ११ हजार ८०७ जना रहेको बरिष्ठ जनस्वास्थ्य अधिकृत भट्टले जानकारी दिए । जिल्लामा १२ देखि ५९ महिना सम्मका बालबालिकाको संख्या १० हजार ५१६ जना रहेका छन । जिल्लामा ५ बर्ष मुनिका बालबालिकाको संख्या १३ हजार १०९ जना रहेका छन ।
१५देखि ४९ बर्ष सम्मका महिलाको संख्या ३७ हजार ६७५ १५देखि ४९ बर्ष सम्मका बिवाहित महिलाको संख्या २७ हजार ९०२ जना रहेका छन । अनुमानित गर्भवति महिलाको संख्या ३१ सय ८८ तथा अनुमानित जीवित जन्म २४ सय ९९ बच्चा जन्मिने गरेको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङले देखाएको छ ।
